अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४१ | Colorodo: 20:56

गत मार्चदेखि अहिलेसम्म विश्वभर कोरोना सङ्क्रमण २ सय गुणाले बढ्यो

बिआरटीनेपाल २०७७ साउन २७ गते ३:५६ मा प्रकाशित

विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघेको छ । मङ्गलबार साँझसम्म विश्वभर कोरोना सङ्क्रमितको संख्या २ करोड २७ लाख ५ हजार ८ सय ९० हजार पुगेको वर्ल्डोमिटरले जनाएको छ । गएको वर्षको डिसेम्बर महिनामा चीनको वुहान शहरबाट फैलिन थालेको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म २ सय १३ देशमा पुगिसकेको छ ।

पछिल्लो ६ हप्तामा मात्र विश्वभर सङ्क्रमण दुई गुणाले बढेको छ । यतिमात्र होइन, मार्च महिनाको मध्यदेखि भने सङ्क्रमण २ सय गुणाले बढेको छ । वर्ल्डोमिटरका अनुसार विश्वभर अहिलेसम्म ७ लाख ३९ हजार ५ सय २६ भन्दा धेरैको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।

अमेरिकामा सोमबारसम्म सङ्क्रमणको कुल संख्या ५२ लाख ५१ हजार पुगेको छ, यो संख्या विश्वका कुल सङ्क्रमितको संख्याकोे एक चौथाइ हो । अमेरिका कोभिड–१० सबैभन्दा प्रभावित देश हो, जहाँ सङ्क्रमितको र मृत्यु हुनेको संख्या सबैभन्दा धेरै छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ५२ लाख ५१ हजार ४ सयभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोनाका कारण एक लाख ६६ हजार एक सय ९२ भन्दा धेरैको मृत्यु भएको छ ।

दोस्रो धेरै प्रभावित देशमा ब्राजिल रहेको छ । ब्राजिलमा अहिलेसम्म ३० लाख ५७ हजार ४ सय ७० भन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा १ लाख १ हजार ८सय ५७ भन्दा धेरैको मृत्यु भएको छ । तेस्रो धेरै प्रभावित रहेको भारतमा २२ लाख ७१ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा ४५ हजार ३ सय ८३ भन्दा धेरैको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू