अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५७ | Colorodo: 22:12

बेरुत बिस्फोटपछि लेबनानको सरकार ढल्यो, सर्वसाधारणको आक्रोश भने अझै रोकिएन

बिआरटीनेपाल २०७७ साउन २७ गते २:२७ मा प्रकाशित

गत मंगलबार बेरुतमा भएको शक्तिशाली बिस्फोटपछि लेबनानको सरकार ढलेको छ । बिस्फोटलगत्तै सर्वसाधारणको आक्रोश बढ्न थालेपछि मन्त्रिपरिषदका सबैले राजीनामा दिएका छन् । प्रधानमन्त्री हसन डिएबले टेलिभिजनमार्फत सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

सर्वसाधारणले नेताहरुको बेवास्ता र भ्रष्टाचारका कारण देशको अवस्था खराब बनेको तथा सोही कारण बिस्फोट पनि भएको आरोप लगाएका छन् । बिस्फोट पछि लगातार सरकार विरोधी प्रदर्शनहरु भइरहेका छन् । मंगलबार राति बेरुतको तटीय क्षेत्रमा भण्डारणमा रहेको बिस्फोटक पदार्थ बिस्फोट भएपछि सर्वसाधारण आक्रोशित बनेका हुन् ।

विगत ६ वर्षदेखि गोदाममा असुरक्षित रुपमा भण्डारण गरिएको २७ सय ५० टन एमोनियम नाइट्राइट गएको मंगलबार बिस्फोट भएको थियो । उक्त बिस्फोटमा परेर कम्तीमा २२० जनाको ज्यान गइसकेको छ भने ११० जना अझै बेपत्ता छन् । घटनामा ६ हजार मानिस घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू