अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०८ | Colorodo: 16:23

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो

बिआरटीनेपाल २०७७ साउन २६ गते ६:२३ मा प्रकाशित

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) को पछिल्लो तथ्यांक अनुसार विश्वमा २ करोड ४४ हजार ५ सय २३ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।संक्रमणको कारण विश्वभरी सात लाख ३४ हजार ४ सय ९० जनाको मृत्यु भएको पनि सो संगठनले जनाएको छ ।सोमबारसम्म विश्वभरीमा एक करोड २९ लाख १४ हजार २ सय ९५ जना व्यक्ति संक्रमणबाट मुक्त भएका छन् ।

विश्वभरमा हाल ६३ लाख ९५ हजार ७ सय ३८ व्यक्ति सक्रिय संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्य ६४ हजार ८ सय २६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोनाबाट ब्राजिल, बेलायत, भारत, पेरु, स्पेन, ईटली लगायतका देश नराम्ररी प्रभावित बनेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू