अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०४ | Colorodo: 08:19

विश्वभर झण्डै २ करोड मानिसलाई कोरोना सङ्क्रमण, ७ लाख ३० हजार २ सय बढीको मृत्यु

बिआरटीनेपाल २०७७ साउन २५ गते ७:४३ मा प्रकाशित

विश्वमा झण्डै दुई करोड मानिसलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । अहिलेसम्म १ करोड ९८ लाख ३४ हजार ७ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ । कोरोना संक्रमणबाट ७ लाख ३० हजार २ सय १० जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड २७ लाख ४१ हजार ३ सय २५ उपचारपछि निको भएका छन् ।

संक्रमणका कारण सवैभन्दा बढी प्रभावित अमेरिकामा झण्डै ५१ लाख ५० हजार लाई सङ्क्रमण भएको छ भने १ लाख ६५ हजार ७४ जनाको ज्यान गएको छ । यस्तै ब्राजिलमा ३० लाख १३ हजार ३ सय ६९ भन्दा धेरै सङ्क्रमित छन् भने १ लाख ५ हजार ४३ जनाकोे मृत्यु भएको छ । भारतमा झण्डै २१ लाख ५८ हजार ४ सय ८ जनालाई कोरोना सङ्क्रमण भएको छ भने कोरोनाकै कारण ४३ हजार ५ सय भन्दा धेरैको ज्यान गएको छ ।

रसियामा १४ हजार ९ सय ३१, मेक्सिकोमा ५२ हजार ६, पेरुमा २० हजार ८ सय ४४, कोलम्वियामा १२ हजार ५ सय ४०, स्पेनमा २८ हजार ५ सय ३, ईरानमा १८ हजार ४ सय २७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसैगरी, बेलायतमा ४६ हजार ५ सय ६६, पाकिस्तानमा ६ हजार ८२, बं्रगलादेशमा ३ हजार ३ सय ९९, ईटलीमा ३५ हजार २ सय ३०,फ्रान्समा ३० हजार ३ सय २४, क्यानडामा ८ हजार ९ सय ७६ जनाले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण बेल्जियममा ९ हजार ८ सय ७०,अफगानिस्तानमा १ हजार ३ सय १२, माल्दिभ्समा १९, श्रीलंकामा ११ जनाको मृत्यु हुँदा भुटानमा १ सय ८ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू