अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

एयर इन्डियाको जहाज दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुग्यो

बिआरटीनेपाल २०७७ साउन २४ गते ६:१७ मा प्रकाशित

एयर इन्डिया एक्सप्रेसको बोइङ– ७३७ केरलको कोजिकोडमा दुर्घटना हुँदा ज्यान गुमाउनको संख्या २० पुगेको छ । बिबिसीले जनाएअनुसार दुर्घटनामा जहाजका दुई पाइलटसहित कम्तिमा २० जनाको मृत्यु पुष्टि भएको छ। यो संख्या बढ्न सक्ने जनाईएको छ ।

विमानमा चालक दलका सदस्यसहित १९१ जना यात्रु थिए। सबै यात्रुको उद्धार कार्य गरिसकएको छ । दुर्घटनामा १०० भन्दा बढी यात्रु घाइते भएका छन्। समाचारमा जनाईएअनुसार ११२ जना घाइतेलाई अस्पताल भर्ना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू