अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०४ | Colorodo: 14:19

यस बर्षको मदन पुरस्कारका लागि ७ पुस्तक छनौट

बिआरटीनेपाल २०७७ साउन २१ गते ६:३४ मा प्रकाशित

‘मदन पुरस्कार–२०७६’ का लागि मदन पुरस्कार गुठीले सात वटा पुस्तक छनौट गरेको छ ।मदन पुरस्कार गुठीका अनुसार यस वर्षको मदन पुरस्कार लागि २०७६ मा प्रकाशित १ सय ५१ वटा पुस्तक प्राप्त भएकोमा सात वटा छनौटमा परेको हो ।

छनौट गरिएका कृतिमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुंगानाको ‘परित्यक्ता’, योगी धर्ममहारसको ‘महरसनिघण्टु (खण्ड १–३)’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित विष्टको ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ छन् । यी सात कृतिमध्ये एकलाई मदन पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू