अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५४ | Colorodo: 07:09

विश्वभर १ करोड ८४ लाख ७६ हजार ३ सय भन्दा बढीमा कोरोना संक्रमण, १ करोड १७ लाख २ हजार भन्दा बढी निको भए

बिआरटीनेपाल २०७७ साउन २० गते ५:५९ मा प्रकाशित

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ८४ लाख ७६ हजार ३ सय १३ पुगेको छ। जसमध्ये ६ लाख ९८ हजार २ सय २४ जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ४८ लाख ६२ हजार ५ सय १३ पुगेको छ भने ज्यान गुमाउनेको संख्या पनि १ लाख ५८ हजार ९ सय ६८ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा २७ लाख ५१ हजार ६ सय ६५ जना संक्रमित भएकोमा ९४ हजार ७ सय २ जनाले ज्यान गुमाएका छन्। यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। त्यहाँ १८ लाख ६१ हजार ८ सय २१ जनामा संक्रमण भएकोमा ३९ हजार ४४ जनाकोे ज्यान गएको छ।

रसियामा ८ लाख ६१ हजार ४ सय २३ जना संक्रमित भएका छन् भने १४ हजार ३ सय ५१ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ३ लाख ४४ हजार १ सय ३४ संक्रमित भएकोमा २८ हजार ४ सय ७२ जनाले ज्यान गुमाएका छन्। बेलायतमा ३ लाख ५ हजार ६ सय २३ संक्रमित भएकोमा ४६ हजार २ सय १० जनाको मृत्यु भइसकेको छ।

पछिल्लो समय पेरुमा पनि संक्रमितको संख्या लगातार बढ्दै गएको छ। त्यहाँ संक्रमितको संख्या ४ लाख ३३ हजार १ सय छ भने १९ हजार ८ सय ११ जनाको मृत्यु भइसकेको छ। यस्तै हालसम्म विश्वभर १ करोड १७ लाख २ हजार ३ सय ८० जना निको भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू