अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४१ | Colorodo: 07:56

कोरोना भाइरसको औषधि बन्ने सम्भावना छैन– डब्ल्युुएचओ

बिआरटीनेपाल २०७७ साउन २० गते ५:५८ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन डव्लुएचओले कोरोना भाइरसको अचुक औषधी मिल्न सक्ने सम्भावना न्युन रहेको जनाएको छ । डब्ल्युएचओका प्रमुख डा.टेड्रोस एडोनोम गेब्रिएसले कोरोना भाइरसको भ्याक्सिन बन्ने सम्भावना भएपनि औषधी बन्ने सम्भावना भने नरहेको बताउनुभएको छ ।

यसअघि पनि उहाँले कोरोना भाइरस कहिलेपनि समाप्त नहुने भन्दै यसविरुद्ध लड्नुको विकल्प नभएको प्रतिक्रिया दिनुभएको थियो ।मौसम परिवर्तन संगै कोरोना भाइरस परिवर्तन नहुने भन्दै उहाँले विश्वका जनताले कोरोनासंग जुध्ने बाहेक कुनै उपाय नभएको बताउनुभएको हो ।

कोरोना भाइसर विरुद्धको भ्याक्सिन निर्माणको क्रम भने तेश्रो चरणमा पुगेको भन्दै भ्याक्सिन प्रभावकारी सावित हुने दावी गर्नुभयो । कोरानाबाट बच्न सामाजिक दुरी, पटक पटक साबुन पानीले हात धुने र मास्क लगाउनाले कोरोनाको संक्रमणबाट टाढै रहने निश्चित भएकोले सबैलाई सावधानी अपनाउन डा.टेड्रोसले विश्वभरका जनतालाई अपील गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू