अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३१ | Colorodo: 20:46

कपनमा भेटिएकी शिशु प्रकरणकाे पर्दाफास, फेला परिन् आमा

बिआरटीनेपाल २०७७ साउन १९ गते २२:०३ मा प्रकाशित

काठमाडौं, २० साउन । साउन १२ गते काठमाडौंको कपनमा भेटिएकी शिशुकी आमा पत्ता लागेको छ । प्रहरीले खोजतलास गरेपछि ती शिशुकी आमा दुई जना सहयोगी महिलाका साथ आएर छोरी लगेर गएकी छिन् ।

वैदेशिक रोजगारीमा गएकी ती महिलाले काठमाडौं आउनेवित्तिकै शिशुलाई जन्मदिएकी थिइन् । काठमाडौंकै एउटा आश्रयस्थल अर्थात एनजिओमा बसेकी ती महिलाकै मिलोमतोमा केयर बालगृहकी पुष्पा अधिकारीसँग मिलेर शिशुलाई फालेको नाटक गरी पैसा संकलनको योजना बनाएको रहस्य समेत खुलेको छ । पुष्पा अधिकारीले सो कुरा स्वीकार गरेकी छिन् ।

कपनमा कागजको कार्टुनमा ती शिशुलाई राखेर यही साउन १२ गते सोमबारका दिनका फालिएको अवस्थामा भेटिएको भनेर समाचार आएको थियो ।

कपनको चौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक अधिकारीले पालन पोषणको जिम्मा लिएको कुरा सार्वजनिक भएको थियो । उनीहरूको योजनामा शिशुलाई देखाएपछि राम्रै सहयोग जुटेको अधिकारीले बताकी छिन् ।

शिशु वैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी एक महिलाले जन्माएको खुलेको छ । काठमाडौंकै कुनै एनजिओमा बसेकी ती महिलाको परिचय अहिलेसम्म गोप्य राखिएको छ ।

परिवारलाई खवर नगरी काठमाडौंमै एनजिओमा आश्रय लिई बसेको समयमा शिशु जन्मेपछि सहयोगीमार्फत् उनको केयर बालगृहकी संस्थापक अधिकारीसँग भेट भएको थियो ।

आमा र अधिकारीको मिलमतोमा साउन १२ गते नाटक मञ्चन गरी शिशुलाई कार्टुनमा राखेको खुलासा भएको छ ।

घटना उजागर भएलगत्तै केयर बालगृहकी संस्थापक अधिकारी, शिशुकी आमा र सहयोगीलाई प्रहरीेले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

बौद्ध प्रहरीका डीएसपी नवीन कार्कीले शिशुको घटनाका विषयमा अनुसन्धान जारी रहेको बताएका छन् । डीएसपी कार्कीले घटनाका दोषीलाई कारबाही गरिने बताएका छन् ।

कुनै पनि शिशु फालिएको भेटिएमा शुरुमा प्रहरीलाई खबर गर्नुपर्ने थियो । तर, पुष्पा अधिकारीले त्यसो नगरी सञ्चारमाध्यम बोलाई दृश्य खिच्न लगाएकी थिइन् ।

प्रहरीले निगरानी थालेपछि शिशुकी आमा दुई जना महिला सहयोगीसहित आएर शिशुलाई लिएर गएकी छिन् ।

अधिकारीको चार वर्षअघि खोलिएको संस्थामा हालसम्म २० भन्दा बढी बालबालिकाले आश्रय लिएका छन् । दैनिक नेपालबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू