अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

प्रधानमन्त्री ओलीको तयारी– फेरि लकडाउन !

बिआरटीनेपाल २०७७ साउन १९ गते २२:०१ मा प्रकाशित

काठमाडौँ, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूको राय लिएर फेरि मुलुकमा लक डाउन गर्ने योजना बनाएका छन् ।

मङ्गलवार बालुवाटारमा विज्ञहरूसँग परामर्श गर्दै कोरोना भाइरस (कोभिड–१९)को प्रभावका सबै रिपोर्टहरू बुझेपछि लक डाउन घोषणा गर्न सक्नेछन् ।

मन्त्रिपरिषद्को बैठक राख्दै निर्णय गरेपछि जनताका नाममा सम्बोधन गरी लक डाउन गराउनुपर्ने कारणबारे ओलीले खुलाउने तयारी भएको बालुवाटार स्रोतले जनायो ।

लक डाउन खुकुलो पार्दै सार्वजनिक यातायात समेत खोलेको सरकारले १ भदौबाट अन्तर्राष्ट्रिय उडान पनि खोल्ने तयारी गरेको थियो । तर नेपालमा अवस्था अझ बिग्रन थालेपछि सरकार लक डाउनकै तयारीमा रहेको बताइन्छ ।

कोरोना भाइरसको संक्रमण समुदायमा नै देखिन थालेपछि विभिन्न स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयहरूले लक डाउन र निषेधाज्ञा जारी गरिरहेका छन् । दैनिक नेपाल

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू