अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१७ | Colorodo: 22:32

भारतको उत्तर प्रदेशका शिक्षामन्त्री कमला रानीको कोरोना संक्रमणबाट निधन

बिआरटीनेपाल २०७७ साउन १८ गते ६:५४ मा प्रकाशित

भारतको उत्तर प्रदेश राज्य सरकारका एक मन्त्रीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उत्तर प्रदेशकी शिक्षा प्रविधि मन्त्री एवं विधानसभा सदस्य कमला रानी वरुणको लखनउस्थित पीआईजी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।उहाँको निधनप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोक व्यक्त गर्दै राष्ट्रले ठूलो क्षति व्यहोरेको जानकारी दिनुभयो ।

भारतमा कोरोना संक्रमणसँगै उत्तर प्रदेश पनि कोरोनाको हटस्पट बनेको बेला सक्रिय रुपमा लागिपर्नु भएका कमला रानी बरुणलाई गत २७ जुलाइमा कोरोना संक्रमण देखिएपछि लखनउको पीजीआई अस्पताल भर्ना गरिएको थियो ।उपचारकै क्रममा स्वासप्रस्वासमा समस्या बढ्दै गएपछि निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सन् १९५८ मा जन्मनुभएका कमला रानी उत्तर प्रदेशको घाटमपुर, कानपुर नगरका बिधायक रहनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू