अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४१ | Colorodo: 03:56

विश्वभर १ करोड ८० लाख ५१ हजार ५ सय भन्दा बढीमा कोरोना संक्रमण, १ करोड १३ लाख ४८ हजार भन्दा बढी निको भए

बिआरटीनेपाल २०७७ साउन १८ गते ६:५१ मा प्रकाशित

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ८० लाख ५१ हजार ५ सय ७५ पुगेको छ। जसमध्ये ६ लाख ८९ हजार ४ सय ८१ जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ४७ लाख ६४ हजार ५ सय ८८ पुगेको छ भने ज्यान गुमाउनेको संख्या पनि १ लाख ५७ हजार ९ सय ५ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा २७ लाख ८ हजार ८ सय ७६ जना संक्रमित भएकोमा ९३ हजार ६ सय १६ जनाले ज्यान गुमाएका छन्। यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। त्यहाँ १७ लाख ५७ हजार ३ सय ९३ जनामा संक्रमण भएकोमा ३७ हजार ४ सय ५२ भन्दा धेरैको ज्यान गएको छ।

रसियामा ८ लाख ५० हजार ८ सय ७० जना संक्रमित भएका छन् भने १४ हजार १ सय २८ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ३ लाख ३५ हजार ६ सय २ संक्रमित भएकोमा २८ हजार ४ सय ४५ जनाले ज्यान गुमाएका छन्। बेलायतमा ३ लाख ३ हजार ९ सय ५२ संक्रमित भएकोमा ४६ हजार १ सय ९३ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो समय पेरुमा पनि संक्रमितको संख्या लगातार बढ्दै गएको छ। त्यहाँ संक्रमितको संख्या ४ लाख २२ हजार १ सय ८३ छ भने १९ हजार ४ सय ८ जनाको मृत्यु भइसकेको छ। यस्तै हालसम्म विश्वभर १ करोड १३ लाख ४८ हजार ३ सय ५० जना निको भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू