अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१५ | Colorodo: 20:30

कोरोनाका कारण विश्वभर १ करोड ७४ लाख ७७ हजार ४ सय बढी संक्रमित, ६ लाख ७६ हजार ७ सय ९४ को मृत्यु

बिआरटीनेपाल २०७७ साउन १५ गते २३:४४ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड ७४ लाख ७७ हजार ४ सय १९ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ६ लाख ७६ हजार ७ सय ९४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित १ करोड ९ लाख ४० हजार ३ सय ७७ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ५५ हजार २ सय ८५, ब्राजिलमा ९१ हजार ३ सय ७७, भारतमा ३५ हजार ७ सय ८६, रसियामा १३ हजार ८ सय २, स्पेनमा २८ हजार ४ सय ४३, मेक्सिकोमा ४६ हजार, बेलायतमा ४६ हजार जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा १६ हजार ५ सय ६९ , इटालीमा ३५ हजार १ सय ३२, फ्रान्समा ३० हजार २ सय ५४, पेरुमा १९ हजार २१, जर्मनीमा ९ हजार २ सय २१ , क्यानडामा ८ हजार ९ सय २९ र बेल्जियममा ९ हजार ८ सय ४० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण पाकिस्तानमा ५ हजार ९ सय ५१, बंगलादेशमा ३ हजार ८३ , अफगानिस्तानमा १ हजार २ सय ७१, श्रीलंकामा ११ र माल्दिभ्स्मा १६ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा १ सय १ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू