अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४५ | Colorodo: 04:00

चीनका शहरहरुमा कोरोना फैलियो

बिआरटीनेपाल २०७७ साउन १३ गते ६:४९ मा प्रकाशित

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी अन्य ९ वटा शहरमा फैलिएपछि चिन्ता बढेको छ । पछिल्लो समय चीनको पू्र्वी शहर दालियनमा नयाँ कोरोना सङ्क्रमितहरु फेला परेका छन् । समाचार संस्था एएफपीका अनुसार सङ्क्रमणको दर देखिन थालेपछि त्यहाँ लकडाउन जारी गरिएको छ ।

वुहानमा पहिलो पटक कोरोना सङ्क्रमण देखिएपछि चीन सरकारले कडाईंका साथ त्यसलाई नियन्त्रणमा गरेको थियो । तर, पछिल्लो समय राजधानी बेइजिङ, शिनजियाङ्ग, लिएओनिङ्ग लगायतका प्रान्तमा पनि कोरोना सङ्क्रमण बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा चीनमा ६८ नयाँ कोरोना सङ्क्रमित फेला परेका छन् । यो अप्रिल महिनापछिको सबैभन्दा धेरै सङ्ख्या हो ।

जसमा ५७ जना कोरोना सङ्क्रमित शिनजियाङ्ग प्रान्तका छन् भने लिएओनिङ्ग प्रान्तमा ६ जना रहेका छन् । चीनमा कोरोनासङ्क्रमणको दोस्रो चरणको लहर सुरु भएको भन्दै सरकारले विभिन्न राज्यमा कडाईं गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू