अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३५ | Colorodo: 12:50

कोरोनाका कारण विश्वभर १ करोड ६६ लाख ५० हजार १ सय बढी संक्रमित, ६ लाख ५६ हजार ६ सय २१ को मृत्यु

बिआरटीनेपाल २०७७ साउन १२ गते २३:१२ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड ६६ लाख ५० हजार १ सय ४८ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ६ लाख ५६ हजार ६ सय २१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित १ करोड २३ लाख ४ हजार ७ सय ४ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ५० हजार ४ सय ४४, ब्राजिलमा ८७ हजार ७ सय ३७, भारतमा ३३ हजार ४ सय ६१, रसियामा १३ हजार ३ सय ५४, स्पेनमा २८ हजार ४ सय ३४, मेक्सिकोमा ४४ हजार २२, बेलायतमा ४५ हजार ७ सय ५९ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा १५ हजार ९ सय १२ , इटालीमा ३५ हजार १ सय १२, फ्रान्समा ३० हजार २ सय ९, जर्मनीमा ९ हजार २ सय ५ , क्यानडामा ८ हजार ९ सय १ र बेल्जियममा ९ हजार ८ सय २२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण पाकिस्तानमा ५ हजार ८ सय ४२, बंगलादेशमा २ हजार ९ सय ६५ , अफगानिस्तानमा १ हजार २ सय ६९, श्रीलंकामा ११ र माल्दिभ्स्मा १५ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ९९ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू