अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४० | Colorodo: 18:55

राष्ट्रपति ट्रम्पद्धारा रिपब्लिकन पार्टीको अगस्टमा हुने सम्मेलन रद्ध

बिआरटीनेपाल २०७७ साउन ९ गते ०:४० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारीको कारण भन्दै फ्लोरिडामा हुने रिपब्लिकन पार्टीको सम्मेलन रद्द गर्नुभएको छ । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० लाख नाघेका बेला ट्रम्पले रिपब्लिकन सम्मेलन रद्द गर्नुभएको हो ।

ट्रम्पले भन्नुभएको छ, ‘यो उपयुक्त समय होइन पार्टी सम्मेलनका लागि ।’ तर उहाँले फरक स्वरुपमा सम्बोधन भने गर्ने प्रष्ट पार्नुभयो । केही रिपब्लिकन डेलिगेट्स भने पुरानो सम्मेलन स्थल नर्थ क्यारोलाइनाको चार्लोटमा भेला हुने छन् । नर्थ क्यारोलाइनाले सामाजिक दूरीका नियम लागु गरेकाले ट्रम्पले सम्मेलनका केही भाग फ्लोरिडामा गर्ने घोषणा गर्नुभएको थियो ।

आउँदो अगस्ट २४ मा हुने आधा दिनको कार्यक्रममा रिपब्लिकन पार्टीले ट्रम्पलाई नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार बनाउने औपचारिक घोषणा गर्ने छ । चार रात चल्ने सम्मेलन रद्द गर्नुको मुख्य उद्देश्य नै सुरक्षा रहेको ट्रम्पले बिहीबार ह्वाइट हाउस कोरोना भाइरस ब्रिफिङ्गको क्रममा बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू