अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९ | Colorodo: 04:44

यो ’ट्रम्प भाइरस’ हो –स्पीकर तथा वरिष्ठ डेमोक्रेटिक नेत्री न्यान्सी पेलोसी

बिआरटीनेपाल २०७७ साउन ७ गते ६:०४ मा प्रकाशित

अमेरिकी संसद्को तल्लो सदन हाउस अफ् रिप्रेजेन्टेटिभकी स्पीकर तथा वरिष्ठ डेमोक्रेटिक नेत्री न्यान्सी पेलोसीले कोरोना भाइरसलाई ’ट्रम्प भाइरस’ को संज्ञा दिनुभएको छ । महामारी सङ्कटलाई राम्रो ढङ्गले सम्हाल्न नसकेकोले राष्ट्रपति ट्रम्पको आलोचना गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

ट्रम्पले मास्क लगाउन अपिल गर्दै ’अवस्था सुधार हुनुअघि अझ खस्किने सक्ने’ बताएपछि न्यान्सी पेलोसीको यस्तो बयान बाहिर आएको हो । सीएनएनसँगको कुराकानीमा पेलोसीले भन्नुभयो्, ’राष्ट्रपतिको आजको बयान सुन्दा लाग्छ, उनले आफ्नो गल्ती स्कीकार गरेका छन् । मास्क लगाएर वा मास्क लगाउन अपिल गरेर उनले यो बिमारी कुनै अफवाह नभएको स्वीकार गरेका छन् । यससम्बन्धमा कुनै कदम नउठाउँदा महामारीको अवस्था सुधार हुनुअघि अझ् खराब भएको हो ।’

पेलोसीले भन्नुभयो ,’खासमा यो ट्रम्प भाइरस हो ।’ विश्वभर एक करोड ५१ लाख १२ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुँदा अमेरिकामा मात्रै ४० लाख २८ हजारभन्दा धेरैमा सङ्क्रमण भएको छ । विश्वभर ६ लाख २० हजारभन्दा धेरैको मृत्यु हुँदा अमेरिकामा मात्रै १ एक लाख ४४ हजार ९ सयभन्दा धेरैको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू