अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५४ | Colorodo: 16:09

कोरोना महामारी उच्च बिन्दुमा, एकैदिन २ लाख ६० हजार संक्रमित

बिआरटीनेपाल २०७७ साउन ४ गते १:२९ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको महामारी थप खराब बन्दै गएको भन्दै बिश्व जगतलाई चेतावनी दिइरहेकै बेला हिजो एकै दिन अहिलेसम्मकै धेरै झण्डै २ लाख ६० हजार मानिस संक्रमित भएका छन् ।डब्लुएचओका अनुसार विश्वभर २ लाख ५९ हजार ८ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जुन हालसम्मकै सबैभन्दा बढी हो ।

संक्रमित मध्ये सबैभन्दा धेरै अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा देखापरेको डब्ल्युएचओको भनाई छ ।अमेरिकामा शनिबार अहिलेसम्मकै धेरै ७१ हजार ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ब्राजिलमा ४५ हजार ४ सय ३, भारतमा ३४ हजार ८ सय ८४ तथा दक्षिण अफ्रिकामा १३ हजार ३ सय ७३ संक्रमण पुष्टि भएको हो ।

यसैगरी हिजो एकै दिन ७ हजार ३ सय ६० जना कोरोना भाइरसका कारण मृत्यु भएको छ । अमेरिकाको फ्लोरिडा राज्यमा मात्रै एकै दिन ९० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू