अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०० | Colorodo: 18:15

कोभिड–१९ का कारण विश्वभर १ करोड ३७ लाख २८ हजार ६ सय ६३ बढी संक्रमित, ५ लाख ८७ हजार ६ सय ८९ को मृत्यु

बिआरटीनेपाल २०७७ साउन १ गते ६:५० मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड ३७ लाख २८ हजार ६ सय ६३ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ५ लाख ८७ हजार ६ सय ८९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ८१ लाख ७९ हजार २ सय ३० जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ४० हजार १ सय ८५, ब्राजिलमा ७५ हजार ५ सय ६८, भारतमा २४ हजार ९ सय ७६, रसियामा ११ हजार ९ सय ३७, स्पेनमा २८ हजार ४ सय १३, मेक्सिकोमा ३६ हजार ९ सय ६, बेलायतमा ४५ हजार ५३ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा १३ हजार ६ सय ८ , इटालीमा ३४ हजार ९ सय ९७, फ्रान्समा ३० हजार १ सय २०, जर्मनीमा ९ हजार १ सय ४८ , क्यानडामा ८ हजार ८ सय १० र बेल्जियममा ९ हजार ७ सय ९२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण पाकिस्तानमा ५ हजार ४ सय २६, बंगलादेशमा २ हजार ४ सय ९६ , अफगानिस्तानमा १ हजार १ सय १३ , श्रीलंकामा ११ र माल्दिभ्स्मा १४ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ८४ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू