अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२७ | Colorodo: 04:42

भारतमा कोरोना सङ्क्रमित हुनेको संख्या ९ लाख नाघ्यो

बिआरटीनेपाल २०७७ असार ३० गते ७:०० मा प्रकाशित

भारतमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या ९ लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २८ हजार ४ सय ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै भारतमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या ९ लाख ११ हजार ६ नाघेकोे छ ।

कोरोना सङ्क्रमणका कारण विश्वकै तेस्रो प्रभावित मुलुक बनेको भारतमा पछिल्लो २४ घन्टामा ५ सय ५३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २३ हजार ७ सय नाघेको छ । भारतमा हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ५ लाख ७१ हजारभन्दा बढी मानिसहरु स्वस्थ भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू