अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५१ | Colorodo: 15:06

भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ८ लाख नाघ्यो

बिआरटीनेपाल २०७७ असार २७ गते ६:३१ मा प्रकाशित

भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ८ लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा भारतमा २७ हजार १ सय १४ जना नयाँ कोरोना सङ्क्रमित फेला परेका छन् ।

यो एकैदिन भेटिएको हालसम्मकै धेरै संख्या हो । योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ८ लाख २० हजार ९ सय नाघेको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोनाका कारण ५ सय १९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ हजार १ सय २३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू