अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:११ | Colorodo: 05:26

विश्वमा एकै दिन दुइ लाख २८ हजार भन्दा बढी कोरोना सङ्क्रमित

बिआरटीनेपाल २०७७ असार २७ गते ६:२७ मा प्रकाशित

विश्वमा एकै दिन २ लाख २८ हजार भन्दा बढी कोरोना सङ्क्रमित थपिएका छन् । एकै दिन विश्वभर दुइ लाख २८ हजार एक सय दुइ कोरोना सङ्क्रमित थपिएका हुन् । एकै दिनमा यतिको सङ्क्रमित भेटिएको अहिलेसम्मकै सवैभन्दा धेरै भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यसअघि जुलाई चारमा सबैभन्दा धेरै दुइ लाख ११ हजार चार सय २८ सङ्क्रमित थपिएको डब्लूएचओको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वमा एक करोड २६ लाख ३१ हजार भन्दा बढिमा कोरोना सङ्क्रमण देखिसकेको छ भने मृत्यु हुनेको सङ्ख्या ५ लाख ६२ हजार ९ सय २१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू