अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३६ | Colorodo: 12:51

कोरोना हावाबाट पनि सर्न सक्ने विश्व स्वास्थ्य संगठनद्धारा स्वीकार

बिआरटीनेपाल २०७७ असार २६ गते ६:५९ मा प्रकाशित

कोरोना भाइरसको संक्रमण हावाबाट पनि सर्न सक्ने बैज्ञानिकहरुको तर्कलाई विश्व स्वास्थ्य संगठन डब्ल्यु.एच.ओ ले स्वीकारेको छ । विश्वभरका २ सय भन्दा बढी बैज्ञानिकहरुको अन्तराष्ट्रिय संगठनले यसअघि कोरोना भाइरसको संक्रमण हावाबाट पनि फैलन सक्ने दाबी गर्दै आएको थियो ।

ती बैज्ञानिकहरुको समूहले भाइरस संक्रमितहरुले सास फेर्दा, खोक्दा हावाको माध्यमबाट स्वस्थ व्यक्तिमा सर्न सक्ने बताएको थियो । यसलाई डब्ल्यु.एच.ओले पनि पूरै अश्विकार गर्न नसकिने भन्दै अध्ययन गरिने जनाएको थियो ।

डब्ल्यु.एच.ओले कोरोना संक्रमितको सासबाट निस्केको हावालाई मसिनमा राख्ने गरेकाले हावाबाट सर्न नसक्ने बताउँदै आएकोमा अहिले हावाबाट पनि सर्न सक्ने स्वीकारेको हो । डब्ल्यु.एच.ओले केही रेष्टुराँ, जीम हलको भिडभाडमा गरिएको अध्ययनले बन्द कोठामा रहेको भाइरस पनि हावाको माध्यमबाट मानिसमा सर्न सक्ने औंल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू