अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५६ | Colorodo: 14:11

मकाउमा कार्यरत मोहनको काठमाण्डौमा मृत्यु, मकाउ रिटनर्सद्वारा श्रद्धाञ्जलीसँगै आर्थिक सहयोग

बिआरटीनेपाल २०७७ असार २५ गते ८:४० मा प्रकाशित

काठमाडौँ, वैदेशिक रोजगारीको सिलसिलामा मकाउ स्थित स्याण्डस चाइना लिमिटेड अन्तर्गतको स्यान्डस कोटाई सेन्टरमा टिम लिडरको रूपमा विगत लामो समय देखि कार्यरत मोहन मगरको नेपालमा उपचारको क्रममा मृत्यु भएको छ ।

काम गरिरहेकै अवस्थामा एक्कासि कमजोर हुँदै गएपछि नेपाल फर्किएर उपचार गराइरहेका मगरको काठमाडौँ टोखामा अवस्थित ग्राण्डी अस्पतालमा चेक जाँचको क्रममा किड्नीमा हुने क्यान्सर (forth stage of Renal Cell Carcinoma) पत्ता लागेको र तत्कालै उनलाई इन्डिया लगायत नेपालका विभिन्न अस्पतालमा उपचार गरे पनि अन्ततः नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा यही असार २३ गते मङ्गलवार निधन भएको थियो ।

सानो छोरा र परिवारका साथ तारकेश्वर न पा १० हिले टोलमा बस्दै आएका मोहन सबै सँग मिल्ने मिजासिला स्वभावका थिए । लामो समय मकाउमा रहेर काम गरेका मृतक मोहनलाई मकाउ बाट विभिन्न समयमा फर्किएका र बिदामा आएर कोभिड१९ का कारण उता फर्किन नपाएका करिब २२/ २३ जना मकाउमा सँगै काम गरेका समकक्षीहरू आज उनको घरैमा पुगेर हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै सन्तप्त परिवारका लागि केही आर्थिक सहयोग पनि सङ्कलन गरेका छन् ।

त्यस्तै सहयोग अभियानलाई निरन्तरता दिँदै उनले काम गरेको मकाउ स्थित द भेनिसियन मकाउ रिसोर्ट, पेरिसियन मकाउ, स्याण्डस कोटाई सेन्टर, फोर सिजन होटेल र स्याण्डस मकाउमा पनि उठाउने निर्णय गरिएको छ ।

मकाउ स्थित सबै नेपालीहरूलाई सहयोगको अपिल गर्दै जम्मा भएको रकम भ्यालीमा उपलब्ध मकाउ रिटनर्सहरुले आगामी श्रावण ३ गते मोहनकै घरमा गएर हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू