अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३७ | Colorodo: 14:52

विश्व स्वास्थ्य संगठनबाट अलग्गिने विषयमा अमेरिकाले औपचारिक प्रक्रिया थाल्यो

बिआरटीनेपाल २०७७ असार २४ गते ७:०२ मा प्रकाशित

अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट अलग्गिने औपचारिक प्रक्रिया सुरु गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठनबाट अलग्गिने विषयमा औपचारिक प्रक्रिया सुरु गरेको हो । ट्रम्प प्रशासनले संगठनबाट अलग्गिने सम्बन्धी जानकारी संयुक्त राष्ट्र संघलाई पत्र लेखेर जानकारी गराइसकेको छ ।

संयुक्त राष्ट्र संघले पनि विश्व स्वास्थ्य संगठनबाट अमेरिका अलग्गिने विषयमा औपचारिक जानकारी प्राप्त भएको पुष्टि गरेको छ । संगठनबाट अलग्गिने प्रक्रियाका लागि एक वर्षको समय भने लाग्नेछ । अमेरिकाले पटक पटक कोरोना महामारीको नियन्त्रणमा विश्व स्वास्थ्य संगठन असफल भएको र चीनले भने अनुसार काम गर्दै आएको आरोप लगाउँदै आएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले गत मे महिनामा नै विश्व स्वास्थ्य संगठनबाट अलग्गिएको घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू