अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२२ | Colorodo: 13:37

भारतमा कोरोनाका कारण २० हजार बढिको मृत्यु

बिआरटीनेपाल २०७७ असार २३ गते ७:२८ मा प्रकाशित

भारतमा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या २० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या २० हजार १ सय ९८ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ४ सय ६७ जनाको मृत्यु भएको छ । त्यस्तै भारतमा कोरोना भाइरसबाट सङक्रमित हुनेको सङ्ख्या पनि सात लाख नाघेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख २३ हजार १ सय ८५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २२ हजार २५२ नयाँ सङ्क्रमित फेला परेका हुन् । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख ११ हजारभन्दा बढी सङ्क्रमित फेला परिसकेका छन् भने ९ हजार २६ जनाको मृत्यु भइसकेको छ ।

तामिलनाडुमा पनि एक लाख १४ हजारभन्दा धेरै सङ्क्रमित भेटिँदा एक हजार ५ सय ७१ जनाको मृत्यु भएको छ । दिल्लीमा एक लाखभन्दा धेरै सङ्क्रमित फेला परेका छन् भने तीन हजार ११५ जनाको मृत्यु भइसकेको छ । भारतमा अहिलेसम्म ४ लाख ४१ हजार १ सय १२ सङ्क्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू