अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०१ | Colorodo: 10:16

इजरायलद्धारा जासुसी स्याटलाइट प्रक्षेपण

बिआरटीनेपाल २०७७ असार २२ गते ६:२६ मा प्रकाशित

इजरायलले सोमबार आफ्नो नयाँ जासुसी स्याटलाइट लन्च (प्रक्षेपण) गरेको छ । यसले मिलिट्ररी इन्टेलिजेन्सको उच्चस्तरीय निगरानीमा मद्दत गर्ने अधिकारहिरुले बताएका छन् । इरान जस्तो ’शत्रु’ देशमाथि ध्यान राखिराख्न इजरायलले आफ्नो निगरानी क्षमता बढाएको बताईउको छ । इजरायलले इरानको आणविक कार्यक्रम आफ्नो लागि खतरा भएको महसुस गर्दै आएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार ओफेक–१६ नाम गरेको स्याटलाइटलाई इजरायलले नै बनाएको शभिट रकेटको मद्दतद्वारा अन्तरिक्षमा पठाइएको हो । ओफेक–१६एक आधुनिक स्याटलाइट बताउँदै इजरायलका रक्षा मन्त्री बेनी गान्ट्जले इजरायललाई आफुहरुको हरेक क्षमताले बलियो बनाइरहेको बताउनुभयो ।

रक्षा मन्त्री गान्ट्जले ओफेक–१६ अत्याधुनिक क्षमतासहितको एक ‘एक इलेक्ट्रो अप्टिकल’ उपग्रह भएको जानकारी दिनुभएको छ । यो स्याटलाइटले खिचेको तस्बिर एक हप्ताभित्रमा प्राप्त गरिने इजरायलले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू