अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३४ | Colorodo: 06:49

स्पेनमा फेरि लकडाउन -महामारीको अर्को लहर सुरु हुने संकेत

बिआरटीनेपाल २०७७ असार २२ गते ०:३८ मा प्रकाशित

कोरोना भाइरसको महामारी नियन्त्रणमा आइसकेको स्पेनमा फेरि महामारीको अर्को लहर सुरु हुने संकेत देखिएपछी लकडाउन लागू गरिएको छ ।स्पेनको उत्तर पश्चिमी क्षेत्र गालिसियाका क्षेत्रमा कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि पुन लकडाउन लागू गरिएको हो ।

लकडाउन लागू भएसंगै गालिसियाको तटीय जिल्ला मासिनामा कामका लागि जाने वा आउनेलाई मात्रै प्रवेश र बाहिरिने अनुमति दिइने बतार्ईएको छ ।यसअघि उत्तरपूर्वी क्षेत्र क्याटालोनियामा पनि कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएपछि लकडाउन लागु गरिएको थियो ।

स्पेनको राष्ट्रियस्तरमा भने अझै पनि महामारी नियन्त्रणमै छ । स्पेनमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ९७ हजार भन्दा बढी रहेको छ । त्यसमध्ये २८ हजार ३ सय बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू