अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२७ | Colorodo: 18:42

इराकस्थित अमेरिकी दुतावास र सैनिक मुख्यालयमा रकेट हमला

बिआरटीनेपाल २०७७ असार २१ गते २२:३३ मा प्रकाशित

इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दुतावास र सैनिक मुख्यालयमा रकेट प्रहार भएको छ । समाचार माध्यमहरुका अनुसार पहिलो प्रहार अमेरिकी दुतावासमा भएको थियो । जुन ग्रिन जोन मानिन्छ । त्यस्तै बग्दाद मै रहेको सैनिक मुख्यालयलाई लक्षित गरी अर्को रकेट प्रहार भएको छ । सो रकेट प्रहार इरानी समर्थित समुहले गरेको हुनसक्ने अनुमान गरिएको छ ।

रकेट मुख्यालयसँगै रहेको घरमाथि खस्दा एक बालक घाइते भएको बताइएको छ । इराकमा गत अक्टोबरदेखि अमेरिकी कुटनीतिज्ञ तथा सैन्य अखडालाई निशाना बनाई पटक पटक आक्रमण हुन थालेको छ। यो हमलापछि इराकी सुरक्षाबलले बग्दादको दक्षिणी क्षेत्रमा छापा मारेर एक दर्जन भन्दा बढी इरान समर्थित लडाकुलाई नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू