अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३३ | Colorodo: 23:48

इथियोपियामा गायकको हत्यापछि भड्किएको हिंसामा कम्तीमा १ सय ६७ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७७ असार २१ गते ७:५२ मा प्रकाशित

इथियोपियाका चर्चित गायक हाचालु हुन्देसाको मृत्युको विषयमा भएको विवादपछि हिंसा भड्किँदा कम्तीमा १सय ६७ जनाको ज्यान गएको छ । राजधानी अदिस अबाबा र ओरोमिया क्षेत्रमा भएको झडपमा कम्तीमा एक सय ५६ जना प्रदर्शनकारी र ११ जना सुरक्षाकर्मीको ज्यान गएको अरोमिया क्षेत्रका प्रहरी उपआयुक्त गिरमा गेलमले बताएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

इथियोपियाका जनजातिहरूको अधिकारका लागि गाउँदै आएका हाचालु हुन्देसाको मृत्युलाई लिएर ती समुदायले गरेको विरोधका कार्यक्रमले हिंसात्मक स्वरूप लिएको हो । हुन्देसाको गायनबाट उठेको सांस्कृतिक चेतनाको बलमा उठेको आन्दोलनले सन् २०१८ मा तत्कालीन प्रधानमन्त्रीलाई सत्ता छोड्न बाध्य पारेको थियो ।

हुन्देसालाई नचिनेका मानिसले गएको सोमबार गोली हानी हत्या गरेको थियो । आन्दोलन चर्किँदै गएपछि इथियोपियाका केही क्षेत्रमा इन्टरनेट सेवा काटिएको छ । हिंसात्मक आन्दोलनमा सहभागी भएको आरोपमा २ हजार २ सयभन्दा धेरै पक्राउ परेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू