अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५० | Colorodo: 21:05

कोभिड–१९ का कारण विश्वभर १ करोड १३ लाख ८६ हजार ५ सय बढी संक्रमित, ५ लाख ३३ हजार ५ सय ८१ को मृत्यु

बिआरटीनेपाल २०७७ असार २१ गते ०:११ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड १३ लाख ८६ हजार ५ सय ६० जना संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ५ लाख ३३ हजार ५ सय ८१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ६४ लाख ४५ हजार ५७ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ३२ हजार ३ सय १८, इटालीमा ३४ हजार ८ सय ५४, स्पेनमा २८ हजार ३ सय ८५, फ्रान्समा २९ हजार ८ सय ९३, बेलायतमा ४४ हजार १ सय ९८ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ११ हजार ४ सय ८, जर्मनीमा ९ हजार ८१ , बेल्जियममा ९ हजार ७ सय ७१, ब्राजिलमा ६४ हजार ३ सय ६५ , रसियामा १० हजार २७ र क्यानडामा ८ हजार ६ सय ७४ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा १९ हजार २ सय ७९ , पाकिस्तानमा ४ हजार ७ सय १२, बंगलादेशमा १ हजार ९ सय ९७ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ८ सय २६ , श्रीलंकामा ११ र माल्दिभ्स्मा १० जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ७८ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू