अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२० | Colorodo: 14:35

भारतको कोठीमा थुनेर राखिएका ६ नेपाली महिलाको उद्धार

बिआरटीनेपाल २०७७ असार २० गते ३:३० मा प्रकाशित

भारतको दिल्लीमा अलपत्र अवस्थामा रहेका ६ जना नेपाली महिलाहरुलाई उद्धार गरिएको छ । गत फागुन २९ गते नेपालगन्ज नाका हुँदै भारत प्रवेश गरेका उनीहरुलाई तेस्रो मुलुक पुर्‍याइदिने भन्दै भारतको परारी जोर्‍दा भन्ने ठाउँमा पुर्‍याइएको थियो ।

शान्ति पुनस्थापना गृहको पहलमा उनीहरुलाई कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गराइएको हो । मोरङका चार, झापा र पर्वतका एक–एक जना महिलालाई उद्धार गरिएको शान्ति पुर्नस्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताउनुभयो ।

महिलाहरुलाई कुबेत र इरानमा निःशुल्क पठाइदिने भन्दै भारतको कोठीमा थुनेर राखेको सूचनाका आधारमा उनीहरुको खोजतलास गरीएको थियो । घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरी रहेकोछ ।

-रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू