अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२७ | Colorodo: 02:42

विश्वयुद्धमा बहादुरी प्रदर्शन नेपालीको सम्मानमा अस्ट्रेलियाको मेलबर्नमा सड्कको नाम ‘गोर्खा वे’ राखियो

बिआरटीनेपाल २०७७ असार २० गते ३:१४ मा प्रकाशित

अस्ट्रेलियाको भिक्टोरिया राज्यको राजधानी मेलबर्न शहरको विन्धम भाले (Wyndham Vale) काउन्सिलमा एक बाटोको नाम ‘गोर्खा मार्ग’ राखिएको छ । त्यहाँ बन्दै गरेको एउटा नयाँँ बस्तीमा दोश्रो विश्वयुद्धमा बहादुरी प्रदर्शन गरेर वीरगति प्राप्त गर्ने नेपालीको सझनामा एउटा बाटोको नाम गोर्खा मार्ग राखिएको हो ।

यो बाटोको दुबैतिर गरेर करीब ३० घडेरी रहेका छन्, जस्ले करीब १ हजार वर्गमिटर क्षेत्रफल ओगट्छ । यस्को नजिकै एउटा पार्क पनि बन्दैछ ।यसरी बाटोको नाम राख्नका लागि मेलबर्नको वैरबी निवासी रोशनी श्रेष्ठले पहल गर्नु भएको हो । यस्तो सोच उहाँ भिक्टोरिया राज्यकै अर्को शहर वालाराट बस्दादेखि नै आएको भए तापनि त्यहाँ यस्का लागि उपयुक्त वातावरण नपाएको बताउनुभयो । वैरबीमा बस्न थालेपछि त्यहाँ युद्ध संग्रहालय पनि भएको पाएपछि नयाँँ बस्तीमा आफ्नो सोचलाई मूर्त रुप दिन सकिन्छ कि भनी पहल गरेको सुनाउनुभयो ।

पहिला काउन्सिलमा प्रस्ताव राख्दा काउन्सिलले डेभलोपरसँग समन्वय राख्नुपर्ने सुझाएपछि डेभलोपरसंगको कुराकानीपश्चात् प्रस्तावलाई मूर्त रुप दिन अवधारणा प्रस्ताव माग गरेपछि उहाँले पेश गर्नुभएको थियो । सो अवधारणा प्रस्तावलाई रिभरवाल्क भिलेज पार्क निर्माणमा कार्यरत डेभलोपरले स्वीकृति प्रदान गरेपछि यस्लाई आधिकारिकता दिन असिस्टेण्ट डेभलोपमेण्ट मैनेजर स्टेभ पोल्लार्डले काउन्सिलमा पठाएको र तत्पश्चात काउन्सिलको स्वीकृतिपछि यो नामले आधिकारिकता पाएको उहाँले बताउनुभयो ।

भिक्टोरिया क्रस प्राप्त नेपालीको सम्मानमा यही बाटोको नजिकै शालिक राखेर कम्तीमा पनि वर्षको एकपटक यही बाटो हिँड्दै गएर शालिकमा सम्मान दिन पाए हुन्थ्यो भन्ने श्रेष्ठको सोच रहेको छ । यस्का लागि अवधारणा प्रस्ताव बनाउँदा र प्रकृया अगाडि बढाउँदासम्म जग्गा नै बाँकी नहुन सक्ने भएकोले यथाशक्य छिटो डेभलोपरसँग समन्वय गरी योजनाकारलाई यो प्रयोजनको लागि सम्भव भएसम्म आवश्यक जग्गा छुट्याइदिन अनुरोध गर्न लुम्बिनी(कपिलवस्तु विश्व अभियानका संयोजक एवं अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) का सल्लाहकार रामकुमार श्रेष्ठले सुझाव दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू