अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१२ | Colorodo: 15:27

म्यानमारमा रत्न खानीमा पहिरो, कम्तीमा ११३ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ असार १८ गते ६:५२ मा प्रकाशित

म्यानमारको एक बहुमूल्य रत्न खानीमा पहिरो जाँदा कम्तीमा १ सय १३ जनाको मृत्यु भएको छ । उत्तरी क्षेत्रको काची राज्यमा रहेको रत्न खानीमा भारी वर्षापछि आएको पहिरोले पुरिएर उनीहरुको मृत्यु भएको हो ।

रत्न टिप्न पुगेकाहरुलाई पहिरोसँगै आएको माटोले बगाएको स्थानीय अधिकारीहरुले जनाएका छन् । पहिरोमा हराइरहेकाहरुको खोजी भइरहेको छ । रत्न खानीका लागि प्रख्यात म्यानमारमा वर्षेनि हुने यस्ता घटनामा सयौंको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू