अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१३ | Colorodo: 15:28

हङकङमा बेइजिङले लगाएको नयाँ कानुनको विरोधमा प्रदर्शन

बिआरटीनेपाल २०७७ असार १७ गते ७:०३ मा प्रकाशित

बेइजिङले लगाएको नयाँ कानुनको विरोधमा हङकङमा भएको प्रदर्शनमा प्रहरीले कयौंलाई नियन्त्रणमा लिएको छ । नयाँ कानुनको विरोधमा उत्रिएका अधिकारकर्मीसहित प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । यसअघि भीड तितरबितर पार्न प्रहरीले बल प्रयोग गरेको थियो ।

हालै जारी गरिएको कानुनले विद्यमान समस्या समाधान गर्ने हङकङकी प्रमुख कार्यकारी क्यारी लामले नयाँ कानुनको बचाउ गर्नुभएको छ । बढ्दो अशान्ति र प्रजतन्त्रका पक्षधरमा निरन्तर भइरहेको आन्दोलनका माझ बेइजिङले उक्त कानुन ल्याएको हो । नयाँ कानुनले प्रदर्शनलाई अंकुश लगाउने र हङकङको स्वतन्त्रतालाई कमजोर बनाउने आलोचकहरुको भनाइ छ ।

बेलायतले सन् १९९७ मा हङकङ चीनलाई फिर्ता गरेको थियो । चीनलाई हङकङ हस्तान्तरण गर्दा भएको एउटा विशेष सम्झौताअनुसार त्यहाँका नागरिकलाई मुख्य भूमि चीन मा उपलब्ध नभएका अभिव्यक्ति स्वतन्त्रताजस्ता अधिकारहरु कम्तिमा ५० वर्षका लागि सुनिश्चित गरिएको थियो ।

यता अमेरिकाले भने चीनले ५० वर्षका लागि स्वतन्त्रता दिने बाचा गरेपनि २३ वर्षमै चीनले हङकङमाथि हस्तक्षेप गरेको आरोप लगाएको छ । यसअघि सन् २०१९ पनि नयाँ कानुन जारी गर्ने तयारी भएपछि त्यसको विरोधमा लामो समय आन्दोलन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू