अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१३ | Colorodo: 01:28

कोरोना भाइरसबारे अनुसन्धान गर्न डब्लूएचओको टोली चीन जाँदै, अझै खराब समय आउने चेतावनी

बिआरटीनेपाल २०७७ असार १६ गते ०:१९ मा प्रकाशित

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को टोली चीन जाने भएको छ । कोरोना भाइरसको स्रोत पत्ता लगाउन एउटा टोली चीनमा पठाउन लागेको डब्ल्यूएचओले जानकारी दिएको हो । कोभिड–१९ को राजनीतिकरणका कारण विश्व विभाजित भइरहेका बेला डब्लूएचओले भने कोरोना भाइरसको सबैभन्दा खराब समय आउन अझै बाँकी रहेको चेतावनी दिएको छ ।

आउँदो हप्ता चीन जाने टोलीले विश्वभर महामारी फैलाउने भाइरसको स्रोत कहाँ हो भन्ने पत्ता लगाउने कोशिश गर्नेछ । डब्लूएचओले चीनलाई आफ्नो विशेषज्ञ टोलीलाई आउने अनुमति दिन पटक पटक आग्रह गरिरहेका थियो । उक्त टोलीले जनावर स्रोतको पत्ता लगाउने सघाउने डब्लूएचओले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहनाम गिब्रयेसासले भिडियो प्रेस कन्फ्रेन्समा भन्नुभयो, ‘जब हामीलाई भाइरसका बारेमा सबै कुरा थाहा हुन्छ, बल्ल त्योसँग राम्रोसँग लड्न सकिन्छ । यो कहाँबाट आएको भन्ने पत्ता लगाउनु जरुरी छ । हामी आउने हप्ता एक टोलीलाई चीन पठाउँदै छौं । यसबाट भाइरसका बारेमा बुझ्न मद्दत मिल्ने आशा छ ।’

वैज्ञानिकहरुले यो भाइरस जनावरबाट मानिसमा सरेको आशंका गरेका छन् । सबैखाले जनावरको मासु बिक्री गर्ने वुहानको एक बजारबाट यो मासिमा संक्रमण भएको हुनसक्ने अनुमान उनीहरुको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू