अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 08:41

कोभिड–१९ का कारण विश्वभर ५ लाख ४ हजार ४ सय ६२ को मृत्यु, १ करोड २ लाख ४८ हजार २ सय ३२ संक्रमित

बिआरटीनेपाल २०७७ असार १४ गते २२:५७ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ५ लाख ४ हजार ४ सय ६२ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट १ करोड २ लाख ४८ हजार २ सय ३२ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ५५ लाख ५६ हजार ४ सय ३९ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५७ हजार ३ सय २ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख २८ हजार ४ सय ३७, इटालीमा ३४ हजार ७ सय ३८, स्पेनमा २८ हजार ३ सय ४३ , फ्रान्समा २९ हजार ७ सय ७८, बेलायतमा ४३ हजार ५ सय ५० जनाको मृत्यु भएको छ । यसैगरी इरानमा १० हजार ५ सय ८, जर्मनीमा ९ हजार २९ , बेल्जियममा ९ हजार ७ सय ३२, ब्राजिलमा ५७ हजार ६ सय ५८, रसियामा ९ हजार ७३ र क्यानडामा ८ हजार ५ सय २२ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा १६ हजार ४ सय ८७, पाकिस्तानमा ४ हजार १ सय ६७, बंगलादेशमा १ हजार ७ सय ३८ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ७ सय २१ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ७६ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू