अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१२ | Colorodo: 06:27

कोभिड–१९ का कारण विश्वभर ५ लाख १ हजार ४ सय २८ को मृत्यु, १ करोड ८७ हजार ५ सय ५३ संक्रमित

बिआरटीनेपाल २०७७ असार १४ गते ०:३६ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ५ लाख १ हजार ४ सय २८ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट १ करोड ८७ हजार ५ सय ५३ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ५४ लाख ६६ हजार २ सय ६६ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५७ हजार ८ सय १३ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख २८ हजार १ सय ५२, इटालीमा ३४ हजार ७ सय १६, स्पेनमा २८ हजार ३ सय ४१ , फ्रान्समा २९ हजार ७ सय ७८, बेलायतमा ४३ हजार ५ सय १४ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा १० हजार ३ सय ६४, जर्मनीमा ९ हजार २६ , बेल्जियममा ९ हजार ७ सय ३२, ब्राजिलमा ५७ हजार १ सय ३ , रसियामा ८ हजार ९ सय ६९ र क्यानडामा ८ हजार ५ सय १६ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा १६ हजार १ सय ३, पाकिस्तानमा ४ हजार १ सय १८, बंगलादेशमा १ हजार ६ सय ९५ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ७ सय २९ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ७६जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू