अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५६ | Colorodo: 02:11

कोरोनाका कारण लाखौको मृत्यु हुन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

बिआरटीनेपाल २०७७ असार १३ गते ७:१७ मा प्रकाशित

विश्व स्वास्थ्य संगठनले कोरोना महामारीको दोस्रो चरणमा लाखौं मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी दिएको छ । संगठनका सहायक निर्देशक जनरल रनीरी गुएराले स्पेनिश फ्लूको बारेमा चर्चा गर्दै सेप्टेम्बर अक्टुबर महिनामा यो महामारी बढेर गए जस्तै कोरोना महामारीको दोस्रो चरणपनि त्यहि समयमा सुरु हुन सक्ने बताउनुभयो ।

पत्रकारसँगको कुराकानीमा उहाँले सय वर्ष अघि आएको स्पेनिश फ्लू महामारीको दोस्रो चरणमा करोडौं मानिसको मृत्यु भएको भन्दै कोरोना महामारीले पनि लाखौंको संख्यामा मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी दिनुभयो । कोरोना महामारीको विषयमा हालसम्म नयाँ नयाँ तथ्यहरु फेला पर्दै गइरहेकाले यस महामारीका कारण पनि विश्वमा ठूलो चुनौती उत्पन्न हुने गुएराको भनाइ छ । हालसम्म विश्वभर कोरोना भाइरसका कारण ९९ लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू