अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५६ | Colorodo: 06:11

साउदी अरेबियाले यस वर्ष हज यात्रामा विदेशीलाई प्रवेश नदिने, देशभित्रका थोरै मानिस मात्र सहभागी हुने

बिआरटीनेपाल २०७७ असार ९ गते ७:३८ मा प्रकाशित

साउदी अरेबियाले यो वर्ष मुस्लिम तीर्थ यात्रा अर्थात् हज यात्रामा विदेशी यात्रीलाई प्रदेश नदिने भएको छ । साउदी सरकारले देशभित्रका थोरै मानिसमात्र सहभागी भएर हज यात्रा गर्ने तर अन्तर्राष्ट्रिय हज यात्रीलाई प्रवेश नदिने बताएको बीबीसीले जनाएको छ ।

मुस्लिम धर्मावलम्बीहरुले साउदी अरेबियामा रहेको पवित्रस्थल मक्का–मदिनामा हज यात्रा गर्छन् । हज यात्रामा सहभागी हुन हरेक वर्ष विश्वभरबाट लाखौँको सङ्ख्यामा मुस्लिमहरु साउदी पुग्छन् । तर यो वर्ष कोरोना भाइरसको महामारीले गर्दा साउदी अरेबियाले हज यात्राका लागि विदेशीलाई प्रवेश नदिने जनाएको हो ।हज यात्रामा सामाजिक दुरी कायम गर्न असम्भव रहेकोले सङ्क्रमणबाट जोगाउन हज यात्रा रोक्नु नै एकमात्र उपाय रहेकोले यस्तो निर्णय लिइएको साउदी अरेबियाका अधिकारीले बताएको खबरमा उल्लेख छ ।

साउदी अरेबियामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १ लाख ६१ हजारभन्दा बढी रहेको छ । साउदीमा कोरोनाको कारढा १३ सयभन्दा बढीको ज्यान गएको छ । केही दिनअघि मात्रै साउदी अरेबियाले लकडाउन हटाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू