अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३६ | Colorodo: 06:51

चीन र युरोपियन युनियनबीच वार्ता हुँदै, व्यापारीक सम्बन्ध सुधारको प्रयास

बिआरटीनेपाल २०७७ असार ७ गते २३:५५ मा प्रकाशित

चीन र युरोपियन युनियनबीच वार्ता हुने भएको छ । लामो समयको तनावपछि दुवै पक्षले सम्बन्ध सुधारका प्रयासहरु थालेका हुन् । गत वर्ष चीनबाट फैलिएको कोरोनाको महामारीबारे चीनले नै भ्रम फैलाएको भन्दै युरोपियन युनियनले आलोचना गरेसँगै दुवै पक्षको सम्बन्धी बिग्रिएको थियो । युरोपेली आयोगका अध्यक्ष, युरोपियन काउन्सिलका अध्यक्ष, युरोपियन युनियनका कार्यकारी अध्यक्षलगायतले चीनका राष्ट्रपति सी चिन फिङलगायत उच्च अधिकारीहरुसँग छलफल गर्ने बताइएको छ ।

चीनसँग सहकार्य गर्न तयार रहेको भन्दै युरोपियन युनियनका अधिकारीहरुले चीनले पनि जिम्मेवारी लिनुपर्ने बताएका छन् । कोरोना महामारीका विषयमा सामाजिक सञ्जालको प्रयोग गरेर बदनाम गराउन खोजेको भन्दै चीनले युरोपियन युनियनका अधिकारीहरुसँग छलफल गर्न खोजको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

चीनले महामारीअघि पनि विभिन्न व्यापारिक साझेदरी सम्बन्धी सम्झौतामा मतभेद रहेको जनाएको छ । यता अमेरिकाले युरोपियन युनियनलाई चीनविरुद्ध कडा अडान लिन दवाव दिएको बताइएको छ । युरोपियन युनियनमा आवद्ध मुलुकहरुले चीनले हालै हङकङका नयाँ सुरक्षा कानुन लागू गरेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू