अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३ | Colorodo: 04:38

कोभिड–१९ का कारण विश्वभर ४ लाख ६३ हजार २ सय २ को मृत्यु, ८७ लाख ८९ हजार ५ सय ५६ संक्रमित

बिआरटीनेपाल २०७७ असार ६ गते ६:४३ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख ६३ हजार २ सय २ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ८७ लाख ८९ हजार ५ सय ५६ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ४६ लाख ४९ हजार ३ सय १४ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५४ हजार ७ सय ७७ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका अमेरिकामा १ लाख २१ हजार ४ सय १४, इटालीमा ३४ हजार ५ सय ६१ , स्पेनमा २८ हजार ३ सय १५ , फ्रान्समा २९ हजार ६ सय १७, बेलायतमा ४२ हजार ४ सय ६१ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ९ हजार ५ सय ७, जर्मनीमा ८ हजार ९ सय ६० , बेल्जियममा ९ हजार ६ सय ९६, ब्राजिलमा ४९ हजार ९०, रसियामा ८ हजार २ र क्यानडामा ८ हजार ३ सय ४६ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा १२ हजार ९ सय ७२, पाकिस्तानमा ३ हजार ३ सय ८२, बंगलादेशमा १ हजार ४ सय २५ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ५ सय ६९ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ६८ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू