अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२ | Colorodo: 03:17

कोरोना भाइरसका कारण संसार ‘नयाँ र खतरनाक चरणमा’ प्रवेश गरेको डब्लूएचओको चेतावनी

बिआरटीनेपाल २०७७ असार ५ गते २३:१० मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस झन् खतरनाक बन्दै गएको भन्दै चेतावनी दिएको छ । डब्लूएचओका डाइरेक्टर जनरल टेड्रोस अधानोम घेब्रेयससले कोरोना भाइरस संसारमा महामारी घट्नुको सट्टा झन् बढ्दै गइरहेको बताउनुभएको हो । उहाँले संसार ‘नयाँ र खतरनाक चरणमा’ प्रवेश गरेको भन्दै चेतावनी जारी गर्नुभएको हो ।

कोरोनाभाइरस संक्रमणका केसहरू विश्वव्यापी रूपमै झन् फेलिँदै गइरहेको भन्दै उहाँले चिन्ता समेत ब्यक्त गर्नुभएको छ । गत बिहीबारमात्रै १ लाख ५० हजार नयाँ संक्रमणको केस फेला परेको उहाँको भनाइ छ । तर वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शुक्रबार झनै संख्यामा नयाँ संक्रमित फेला परेका छन् । शुक्रबार एक दिन मात्रै १ लाख ८१ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन्, जुन हालसम्मकै बढी दैनिक संक्रमण पुष्टिको रेकर्ड हो ।

डब्लूएचओले सामाजिक दूरीको पालना कायम राख्न र संक्रमण थप भयावह हुन नदिन लकडाउन र प्रतिबन्धात्मक उपायहरू तत्काल खुकुलो नपार्न समेत चेतावनी दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू