अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९ | Colorodo: 23:24

चीनद्धारा गलवान भिडन्तका क्रममा पक्राउ परेका १० भारतीय सैनिक रिहा

बिआरटीनेपाल २०७७ असार ४ गते २३:२८ मा प्रकाशित

गलवान भिडन्तका क्रममा चिनियाँ सेनाको नियन्त्रणमा रहेका १० भारतीय सैनिक रिहा भएका छन्। चीनले बिहीबार साँझ १० भारतीय सैनिकलाई रिहा गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । द हिन्दूले सेनासँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो । मेजर जनरल स्तरको वार्तापछि भारतीय सैनिकलाई छोडिएको समाचारमा उल्लेख छ । रिहा हुनेमा एक लेफ्टिनेन्ट कर्नल र तीन मेजर पनि छन् ।

भारतले बिहिबार जारी बयानमा आफ्ना कोही सेना नहराएको बताएको थियो । तर द हिन्दुका अनुसार भारतीय सैनिकलाई बिहिबार बेलुकी पाँच बजे छोडिएको छ । १५–१६ जूनको राति भारत र चीनका सैनिकबीच भएको भिडन्तमा २० भारतीय सैनिक मारिएका थिए । भारतका ७८ सैनिक घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । चीनतर्फ भएको क्षति भने स्पष्ट भइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू