अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४९ | Colorodo: 12:04

घृणा फैलाउन खोजेको भन्दै फेसबुकले ट्रम्पको चुनावी अभियान विज्ञापन हटायो

बिआरटीनेपाल २०७७ असार ४ गते २३:११ मा प्रकाशित

घृणा फैलाउन खोजेको भन्दै सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले पोस्ट गरेको एउटा विज्ञापन हटाइदिएको छ । नाजी जर्मनीमा प्रयोग हुने संकेत प्रयोग गरेकाले ट्रम्पको चुनावी विज्ञापन हटाएको फेसबुकले जनाएको हो ।

ट्रम्पको चुनावी अभियानको विज्ञापनमा प्रयोग भएको रातो त्रिकोण नाजीले कम्युनिष्टसहितका आफ्ना विपक्षीलाई इंगित गर्न प्रयोग गर्ने संकेतसँग मिलेको फेसबुकले जनाएको छ । तर ट्रम्पको चुनावी अभियानले फार लेफ्ट एक्टिभिस्ट ग्रुप एनटिफालाई संकेत गर्न सो त्रिकोण प्रयोग गरेको दाबी गरेको छ । एनटिफाले सो रातो त्रिकोण प्रयोग गर्छ ।

विज्ञापनले संस्थागत रुपमै घृणा फैलाउन खोजेको आरोप फेसबुकको छ । आफ्नो नीतिविरुद्ध भएकाले विज्ञापन हटाइएको उसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू