अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

कोभिड–१९ का कारण विश्वभर ४ लाख ५६ हजार २ सय ८६ को मृत्यु, ८५ लाख ७८ हजार २ सय ८३ संक्रमित

बिआरटीनेपाल २०७७ असार ४ गते २३:०५ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख ५६ हजार २ सय ८६ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ८५ लाख ७८ हजार २ सय ८३ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ४५ लाख ३० हजार २ सय ६६ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५४ हजार ५ सय ६१ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका अमेरिकामा १ लाख २० हजार ६ सय ८८, इटालीमा ३४ हजार ५ सय १४ , स्पेनमा २७ हजार १ सय ३६ , फ्रान्समा २९ हजार ६ सय ३, बेलायतमा ४२ हजार २ सय ८८ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ९ हजार २ सय ७२, जर्मनीमा ८ हजार ९ सय ४६ , बेल्जियममा ९ हजार ६ सय ८३, ब्राजिलमा ४७ हजार ८ सय ६९, रसियामा ७ हजार ६ सय ६० र क्यानडामा ८ हजार ३ सय जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा १२ हजार ६ सय ४, पाकिस्तानमा ३ हजार ९३, बंगलादेशमा १ हजार ३ सय ४३ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ५ सय ४६ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ६७ जनामा भाईरसको संक्रमण देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू