अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०८ | Colorodo: 23:23

दुई बालबालिकासहित बंगलादेशबाट १ सय ५५ नेपाली स्वदेश फर्किए

बिआरटीनेपाल २०७७ असार ३ गते ७:०७ मा प्रकाशित

बंगलादेशबाट १ सय ५५ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । त्यहाँ समस्यामा परेका नेपालीहरु हिमालय एअरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । फर्कनेमा ३६ महिला ११९ पुरुष र २ जना दुई वर्ष मुनीका बालवालिका रहेका छन् ।

हिमालय एअरलाइन्स ढाकातर्फ बिहान ८ बजेर १५ मिनेटमा ७ जना नेपाली र ९ जना विदेशी नागरिक लिएर उडेको थियो । यसअघि शुक्रबार ढाकाबाट २५८ जना नेपाली स्वदेश फर्किएका छन् ।

आजै कुवेतबाट १५० जना महिला पनि स्वदेश फर्किसकेका छन् । उनीहरुलाई जजिरा एअरले कुवेतबाट नेपाल ल्याइदिएको हो । कुवेत सरकारले त्यहाँ आममाफीमा सहभागी नेपालीलाई आफ्नै खर्चमा काठमाण्डौसम्म ल्याइदिएको हो । आजै सिङ्गापुर र थाइल्याडको बैंककबाट पनि नेपालीहरु स्वदेश फर्कदै छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू