अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५७ | Colorodo: 07:12

भारत र चीनका सेनाबीच लद्धाखमा झडप, ३ भारतीय सैनिकको मृत्यु

बिआरटीनेपाल २०७७ असार २ गते ७:२२ मा प्रकाशित

भारत र चीनका सेनाबीच सीमामा झडप भएको छ । लद्धाखको गलवान उपत्यकामा भएको झडपमा ३ भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना सैन्य अधिकारी पनि रहेको बताईएको छ । चिनियाँ सेनालाई सीमाबाट पछाडि हटाउने क्रममा सोमबार राति झडप भएको भारतीय सेनाले जनाएको छ ।

भारतीय सैन्य मुख्यालयले चिनियाँ सेनातर्फ पनि क्षति भएको दाबी गरेको छ । भारतीय सेनाले सीमा पार गरेर चिनियाँ सेनामाथि आक्रमण गरेको चीनको भनाइ छ । घटनास्थलमा दुवै मुलुकका वरिष्ठ सैन्य अधिकारीबीच वार्ता भइरहेको भारतीय सेनाले जनाएको छ ।

गलवान उपत्यका लद्धाख सीमारेखामा रहेको क्षेत्र हो । पछिल्लो समय उक्त क्षेत्रमा दुई मुलुकका सेनाबीच तनावको स्थिति रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू