अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५५ | Colorodo: 12:10

भारतमा लकडाउन खुकुलो सम्बन्धी निर्देशिका जारी

बिआरटीनेपाल २०७७ जेठ २२ गते २२:२१ मा प्रकाशित

भारत सरकारले दोस्रो चरणको लकडाउन खुकुलो सम्बन्धी निर्देशिका जारी गरेको छ । ८ जूनदेखि लागू हुने दोस्रो चरणको लकडाउन खुकुलो गर्ने भारत सरकारको पूर्व निर्णय अनुसार निर्देशिका जारी गरेको हो ।

दोस्रो चरणको लकडाउन खुकुलो बनाउँदै भारत सरकारले कोरोनाको उच्च जोखिम क्षेत्र बाहेक अन्य क्षेत्रमा धार्मिकस्थल, किनमेल केन्द्र, रेस्टुरेन्ट, होटल खोलिने जनाएको छ ।

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणका कारण संक्रमित हुनेको संख्या दिनकै ९ हजारका दरले बढ्दै गएको । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म कोरोना भाइरसका कारण २ लाख १७ हजारभन्दा बढी संक्रमित भएका छन् भने ६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू