अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४७ | Colorodo: 19:02

भारतमा लकडाउन खुकुलो, नागकिलाई सचेत रहन प्रधानमन्त्री मोदीको आग्रह

बिआरटीनेपाल २०७७ जेठ १८ गते ६:०० मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन खुकुलो भएसंगै कोरोना भाइरसको संक्रमण फैलिनबाट सचेतता अपनाउन नागरिकलाई आग्रह गर्नुभएको छ । नोभेल कोरोना भाइरसका संक्रमित बढेसँगै भारतमा जारी गरिएको लकडाउन खुकुलो बनाउँदै लगिएको छ ।

विश्वकै सबभन्दा लामो अवधिको लकडाउन घोषणा गरिएको भारतमा जुनदेखि उच्च जोखिमयुक्त क्षेत्रबाहेक स्थानमा लकडाउन खुकुलो बनाउने र संक्रमण फैलिन नदिन विभिन्न उपाय अपनाइने बताइएको छ ।

भारतका उच्च जोखिमयुक्त क्षेत्रमा जुन ३० सम्म लकडाउन बढाइएको एकदिनपछि देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले थप सतर्कता अपनाउन आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू